मालिकार्जुन सोभाश्री आमाको मन्दिर पुनर्निर्माणका लागि सहयोग आह्वान

दार्चुला । लेकम गाउँपालिका वडा नंम्बर ६ उचाकोटमा अवस्थित श्री मालिकार्जुन सोभाश्री आमाको मन्दिर पुनर्निर्माणको लागि सहयोग आह्वान गरिएको छ । समय संगै जीर्ण बन्दै गएका मन्दीरका भौतिक संरचनाहरु पुन निर्माण तथा नयाँ निर्माणको लागि आर्थिक सहयोगको लागि आह्वान गरिएको हो ।

मन्दिर पुनर्निर्माणका लागि प्रदेश सरकारबाट प्राप्त सहयोग पर्याप्त नभएको भन्दै थप आर्थिक स्रोतको आवश्यकता परेकोले यसका लागि देश तथा विदेशमा रहेका सबैलाई स्वेच्छिक सहयोग गर्न आह्वान गरिएको अध्यक्ष धिरेन्द्र सिंह धामीले बताउनुभयो ।

उहाँका अनुसार सहयोगदाताहरूको योगदान पारदर्शी रूपमा अभिलेख गरिने र सम्मानका साथ कदर गरिनेछ। साथै, साना–साना सहयोगले पनि ठूलो परिवर्तन सम्भव हुने भएकोले सबैलाई सक्दो सहयोगको लागि आग्रह गरिएको छ ।

मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई इतिहास, अस्तित्व र एकताको प्रतीकका रूपमा रहेको उल्लेख गर्दै अध्यक्ष धामीले यससँग जोडिएका पुर्खाका स्मृति, विश्वास र धार्मिक भावना अझै जीवित रहेको बताउनुभयो ।

गत मंगलबार बसेको समितिको बैठकले विभिन्न ८ वटा निर्णय गर्दै सहयोग संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । समितिले मन्दिर पुनर्निर्माण अभियानमा सहभागी भई सहयोग गर्न तथा सन्देशलाई व्यापक रूपमा फैलाउन सबैमा अनुरोध गरेको छ।

थप जानकारीको लागि समितिका अध्यक्ष धिरेन्द्र सिंह धामीको मोबाईल/ whatsapp नम्बर 984-8834501

सहयोग रकम पठाउन क्युआर
नेपालको लागि

भारतको लागि

समितिले गरेका निर्णयहरु

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?