दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकालाई जिल्लाकै पहिलो बालविवाह मुक्त पालिका घोषणा गरिँदै छ ।

गाउँपालिकाका आठै वटा वडालाई बालविवाह मुक्त घोषणा गरिएसँगै आज पालिकालाई पनि बालविवाह मुक्त घोषणा गर्न लागिएको गाउँपालिका उपाध्यक्ष कल्याण सिंह धामीले बताउनुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०र०८१ देखि वडाहरूलाई बालविवाह मुक्त घोषणा गर्ने अभियान सञ्चालन गरेको थियो । सोही अनुसार आर्थिक वर्ष २०८०र०८१ मा वडा नम्बर २ र ६ लाई बालविवाह मुक्त घोषणा गरिएको महिला, बालबालिका शाखा प्रमुख आरती शर्माले जानकारी दिनुभयो ।

त्यस्तै आर्थिक वर्ष २०८१र०८२ मा वडा नम्बर १, ३ र ८ लाई बालविवाह मुक्त घोषणा गरिएको थियो । यसै वर्ष वडा नम्बर ४, ५ र ७ लाई पनि बालविवाह मुक्त घोषणा गरिएसँगै सबै वडाहरू बालविवाह मुक्त भएका छन् ।

यो वर्षभित्रै पालिकालाई बालविवाह मुक्त घोषणा गर्ने लक्ष्य अनुसार आज औपचारिक घोषणा गर्न लागिएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताउनुभयो ।

‘शिक्षा, स्वास्थ्य र रोजगार, समृद्ध मालिकार्जुनको आधार’ भन्ने मूल नारासहित गाउँपालिकाले चैत ३० गते विशेष समारोहबीच घोषणा गर्ने जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?