दार्चुला । सर्वोच्च अदालतले कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल न्यायाधीशहरू कुमार रेग्मी,हरि फुयाँल, विनोद शर्मा र सारंगा सुवेदी रहेको संवैधानिक इजलासले यस्तो आदेश गरेको हो । दुई न्यायाधीश सारङ्गा सुवेदी र विनोद शर्माले फरक राय राखेका छन्।

नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहालसहितले रिट दायर गरेका थिए । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारी,शिक्षक तथा अन्य सरकारी संघ संस्थामा रहेका ट्रेड युनियनहरू खारेज गरेको थियो ।

आजै सर्वोच्चले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?