दार्चुला । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले हराएको छ ।

चेन्नईको यो लगातार दोस्रो जीत हो । हिजो भएको खेलमा टस जितेर कोलकाताले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको चेन्नईले ५ विकेट गुमाउँदै १९२ रन बनायो । जीतका लागि १९३ रनको लक्ष्य पाएको कोलकाताले ७ विकेट गुमाउँदै १६० रन मात्र बनायो ।

चेन्नईका स्पिनर नोअर अहमदले ३ विकेट लिए । पाँचौँ खेलमा दोस्रो जीतसँगै ४ अङ्कका साथ चेन्नई तालिकाको आठौँ स्थानमा छ । समान ५ खेलमा कोलकाता ४ खेलमा पराजित हुँदै १ अङ्कसहित तालिकाको पुछारमा छ ।

आईपीएल क्रिकेटमा आज बेलुकी पौने ८ बजे बेङ्गलुरुमा आरसीबी र लखनउले खेल्दैछन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?