दार्चुला । रोयल च्यालेन्जर्स बेङ्गलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।

बेङ्गलुरुमा हिजो भएको खेलमा आरसीबीले दिएको १४७ रनको लक्ष्य बेङ्गलुरुले १५ ओभर १ बलमै पूरा गर्‍यो । बेङ्गलुरुका विराट कोहली र देवदत्त पाडिकलले ५० रनको साझेदारी गरे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो । लखनउका लागि सबैभन्दा मिचेल मार्सले ४० रन बनाए ।

बेङ्गलुरुका रसिक सलामले ४ विकेट लिए । भुवनेश्वर कुमारले ३ तथा क्रुनाल पाण्ड्याले २ र जोस हेजलउडले १ विकेट लिए ।

योसँगै बेङ्गलुरु ५ खेलमा चौथो जीत निकाल्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ । बेङ्गलुरु र राजस्थान रोयल्सको समान ८ अङ्क छ । राजस्थान दोस्रोमा झरेको छ ।

लखनउ सुपर जायन्ट्सको पाँचौँ खेलमा तेस्रो हार हो । टोली सातौं स्थानमा यथावत् छ । आईपीएलमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्सले खेल्दैछन् । यो खेल मुम्बईमा बेलुकी पौने ८ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?