आज देशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

आज मधेश प्रदेशबाहेक अरू प्रदेशको पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागको थोरै ठाउँ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई क्षेत्रमा बिहान बादल लागेको छ ।

नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हिजो देशका विभिन्न जिल्लामा पानी परेको थियो । खोटाङ र उदयपुरमा ठूलो पानी परेको थियो भने महोत्तरीलगायतका क्षेत्रमा हावाहुरी चलेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?