दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुला र जिल्ला हुलाक कार्यालय दार्चुलाबीच राहदानी सेवा हुलाकमार्फत सेवाग्राहीसम्म पुर्‍याउने सम्बन्धमा औपचारिक सम्झौता भएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार “शासकीय सुधार सम्बन्धी एकीकृत कार्यसूची” कार्यान्वयन गर्ने उद्देश्यले उक्त सहकार्य अघि बढाइएको हो।

सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयले तयार भएका राहदानीहरू आवश्यक विवरणसहित हुलाक कार्यालयलाई उपलब्ध गराउनेछ। त्यसपछि सेवाग्राहीले आफ्नो पूरा नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गरी तोकिएको फाराम भरी आवश्यक शुल्क बुझाएपछि हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्न सक्नेछन्।

हुलाक कर्मचारीले राहदानी सुरक्षित रूपमा सम्बन्धित व्यक्तिको ठेगानामा पुर्‍याउने जिम्मेवारी लिनेछन्। वितरणपछि प्राप्ति फाराममा हस्ताक्षर गराई सम्बन्धित विवरण पुनः जिल्ला प्रशासन कार्यालयमा बुझाउने व्यवस्था गरिएको छ।

कुनै कारणवश राहदानी वितरण गर्न नसकिएमा सोको स्पष्ट कारणसहित प्रशासन कार्यालयलाई जानकारी गराइने र राहदानी सुरक्षित रूपमा फिर्ता गरिने व्यवस्था पनि गरिएको छ।

सम्झौतामा राहदानीको सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिने विषयमा दुवै पक्ष सहमत भएका छन्।

यस सेवा लागू भएसँगै विशेषगरी दुर्गम क्षेत्रमा बसोबास गर्ने सेवाग्राहीहरूलाई ठूलो सहजता पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?