दार्चुला । जिल्ला अदालत दार्चुलाले प्रभाकर बुढाथोकीबाट एक करोड ८६ लाख बढी जरिवाना रकम असुल गर्न बाँकी रहेको छ । ब्याँस गाउँपालिका–२ का बुढाथोकीबाट एक करोड ८६ लाख ३९ हजार ७५० रुपियाँ जरिवाना असुल गर्न बाकी रहेको जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।
बुढाथोकीबाट बैङ्किङ कसुर अन्तर्गत उक्त रकम अशुली गर्न बाकी रहेको हो । बैङ्किङ कसुर गरेर फरार रहेका बुढाथोकीबाट जरिवाना असुल गर्न नसकेकै कारण जिल्ला अदालतले असुल गर्नुपर्ने जरिवाना रकम समेत बढी देखिएको छ । बुढाथोकीबाट एक करोड ८६ लाख ३९ हजार ७५० सहित जिल्ला अदालतले कैद सजाय सुनाएर फरार भएका कैदीबन्दीहरुबाट कुल दुई करोड ३१ लाख ४३ हजार ३५४ रुपियाँ अशुली हुन बाकी रहेको छ । २०४१ साल चैत १३ गते देखि २०७८ असार ३१ गतेसम्मका विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाइएका प्रतिवादीहरुबाट १७७ वर्ष ४ महिना १ दिन कैद असुली गर्न बाँकी रहेको श्रेस्तेदार ज्ञवालीले बताउनुभयो ।
बैंकिङ्ग कसुर, कर्तव्य ज्यान, नकवजनी चोरी, जबरजस्तीकरणी, कुटपिट, लुटपाट, गाली बेइज्जती, मावन बेचबिखन ओसारपसार, हाडनाताकरणी, हातहतियार खरखजना, सवारी ज्यान, ठगी, बहुबिवाह, भ्रष्टाचार र लागू औषध लगायत ४६ थान मुद्धाका प्रतिबादी तथा कैदीबन्दीहरु फरार रहेका छन् । अदालतले चालु आर्थिक वर्षमा ५ वर्ष ७ महिना १९ दिन कैद तथा ६८ हजार २ सय रुपैँया जरिवाना मात्र असुल गर्न सकेको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा ३८ थान मुद्वा फैसला भएको जिल्ला न्यायाधिस कोमल आर्चायले जानकारी दिनुभयो । जिल्ला अदालत दार्चुलामा गत वर्षबाट जिम्मेवारी सरेर आएका ४६ थान र चालु आर्थिक वर्षमा दर्ता भएका ५९ थान मुद्वा गरी १०५ मुद्धामध्ये ३८ थान मुद्वा फैसला भएको हो ।
चालु आर्थिक वर्षमा जिम्मेवारी सरेकोबाट २३ थान र नयाँबाट १५ थान मुद्वा फैसला भएको न्यायाधिस आचार्यले बताउनुभयो । जिम्मेवारी सरेर आएका २३ थान र नयाँ दर्ता भएका ४४ थान गरी कुल ६७ थान मुद्वा फैसला हुन बाकी रहेको अदातले जनाएको छ । अदालतमा देवानी दुनियवादीतर्फ ३२, सरकारी फौजदारी ६ थान, दुनियवादी फौजदारीका ६ तथा र रिट अन्तरगत २ वटा मुद्वा परेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




