दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा कांग्रेशबाट गाउँपालिका अध्यक्षका आकांक्षि सहित दर्जन कार्यकर्ता नेकपा एमालेमा प्रवेस गरेका छन् । गठबन्धनप्रति असन्तुष्टि जनाएर सामूहिक राजीनामा दिएका नेपाल प्रहरीका पूर्व डिएसपी तथा गाउँपालिका अध्यक्षका आंकाक्षी लालबहादुर धामीको नेतृत्वमा कांग्रेश र माओबादीका नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
कांग्रेशको १४ औँ महाधिवेसनमा महाधिवेसन प्रतिनिधिका प्रत्यासी समेत रहनुभएका नेता धामी नेतृत्वको टिमलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज गणेशसिह ठगुन्नाले एमालेमा स्वागत गर्नुभयो । धामी लगायत दर्जनौँ नेता कार्यकर्ता गठबन्धनको विपक्षमा देखिनुभएको थियो । एमाले प्रवेस गर्नेहरुमा माओवादी केन्द्र पालिका कमिटी उपाध्यक्ष तथा नौगाड गाँउपालिका वडा नम्बर ६ बाट निर्वाचित वडा अध्यक्ष गोरे धामी, नेपाली काँग्रेसबाट २०५४ सालका वडाअध्यक्ष एबं सक्रिय सदस्य हिरा सिंह धामी, कांग्रेश नौँगाड गाउँकार्यसमिति सदस्य करबिरसिंह धामी, क्षेत्रीय प्रतिनिधि हरमल सिंह धामी, गाउँकार्यसमिति सदस्य सुरेन्द्र धामी, मनबिर टमटा, दलजित ठगुन्ना, लालसिंह ठगुन्ना, माओबादी केन्द्रका पुने टमाटा, कम्मान सिंह ठगुन्ना लगायत छन् ।
एमाले प्रवेस गरेका नेता धामीले माओबादी र कांग्रेशको चर्को आलोचना गर्दै एमालेको प्रशंसा गर्नुभयो । गाउँमा अर्थतन्त्र भित्याउने र आफ्नो गाउँ आफै बनाउ जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गर्ने पार्टी एमाले भएकोले देश विकासमा एमालेको सबैभन्दा ठूलो योगदान रहेको उहाँले बताउनुभयो ।
नौगाडमा एमालेका उम्मेदवार अध्यक्षमा प्रेमसिंह धामी र उपाध्यक्ष गौरीदेवी ठगुन्ना छन् । बाम लोकतान्त्रीक गठबन्धनको तर्फबाट माओवदीका दलजीतसिह धामी अध्यक्ष र उपाध्यक्षमा कांग्रेशका जगत ठगुन्नाको उम्मेदवारी छ । नौगाडमा गठबन्धनले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा पुरुष उम्मेदवार बनाएको छ ।
एमाले प्रवेस गरेका नेता लालबहादुर धामीको भिडियो सम्बोधन हेर्न यहाँ क्लिक गर्नुहोस



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




