आज महानवमी पर्व: दुर्गा भवानीको पूजा आराधना गरिदै

दार्चुला । आज आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व । हर्षोल्लासकासाथ दुर्गा भवानीको पूजाआराधना गरी मनाइँदैछ ।

नवरात्रको अन्तिम दिन आज दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ ।

दशैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ ।

यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

दार्चुलासहित देशभरीका शक्तिपिठ तथा देविदेवताका मन्दिरमा समेत आज महानवमी पर्व धुमधामका साथ मनाइदैछ् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?