देवीदेवताका मन्दिरमा जात्राको रौनकताः मालिकार्जुनमा १० र कुणी भगवतीमा ११ गते जात्रा

दार्चुला । दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका विभिन्न देवीदेवताका मन्दिरमा मेला (जात्रा) को रौनकता छाएको छ । दार्चुलाको लेकम क्षेत्रमा भाइटिका (द्धितिया) देखि निरन्तर दिवाकालिन र रात्रीकालिन जात्रा लागिरहेका छन् ।

लेकम क्षेत्रको प्रशिद्ध लटिनाथ मन्दिर जयपुर जात्रा मङ्सिर ५ गते भब्यताका साथ सम्पन्न भएको छ । भने देशकै सातधाममध्येको मालिकार्जुनमा चतुर्दशी तिथिमा १० गते जात्रा लाग्दैछ । श्री शैल्य मालिकार्जुन शिखर धुरामा ९ गते पुजन जात्रा र मालिकार्जुन मन्दिर मडमा १० गते रात्री जात्रा लाग्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । विभिन्न शक्तिपिठमा दैनिक जात्रा लागिरहेका छन् । १० गतेकै दिन लेकम ५ मैखोलीमा रहेको मालिकार्जुन मन्दिरमा दिवाकालिन जात्रा लाग्ने मन्दिरका भरण््या केशवदत्त जोशीले बताउनुभयो । ११ गते पूर्णिमाको दिन अन्तिम जात्रा लेकम २ स्थित माही भगवती मन्दिर कुणी लगायत विभिन्न शक्तिपिठमा लाग्नेछ ।

पुजाआजासंगै दामाहा बजाउने, खेलहरु खेल्ने लगायत गतिविधिमा श्रद्धालु भक्तजन र दर्शकहरु व्यस्त रहेका छन् । जात्रामा मदिरा र जुवातास निशेध गरिएको छ । पुर्ख्यौली थलो छाडेर तराई झरेकासमेत इष्टकुल देवीदेवताको पूजाआजा गर्न पहाड आएकोले गाउँघरमा रौनकता छाएको छ । स्थानीय देवीदेवताका मन्दिरहरू सिँगारिएका छन् । गाउँघर देखि मठमन्दिरमा दामाहा बाजा घन्किएका छन् । डेउडा गुन्जिएका छन् ।

स्थानीयस्तरमा आयोजना हुने देवीदेवताका जात्रामा स्थानीय उत्पादनको बिक्रीसमेत हुने गरेको छ । सुदूरपश्चिमका प्रसिद्ध मालिकार्जुन मन्दिर, उग्रतारा मन्दिर, मेलौली मन्दिर, शैलेश्वरी मन्दिर, निङ्गलासैनी मन्दिर, रणसैनी मन्दिर लगायत सयौँ शक्तिपिठमा पूजाअर्चना भइरहेको छ ।

जात्रामा हुनसक्ने सम्भावित घटनाको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पछिल्लो समय रात्री जात्राले असुरक्षा र बिकृति बढेको भन्दै दिवाकालिन जात्रा लगाउनुपर्ने मत समेत बढ्दै गएको छ । विगतमा रात्री जात्रा लाग्दै आएका केही मन्दिरमा दिवाकालिन जात्रा लगाउन समेत थालिएको छ । दिउँसो नै जात्रा लगाउनु सुरक्षित र स्वस्थ्यकर हुने सुरक्षा अधिकारीहरु समेत बताउछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?