दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा शनिबारबाट अध्यक्ष ज्येष्ठ नागरिक उपचार कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार पुस ७ गते आज बाट ११ गते सम्म ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई बिशेषज्ञ चिकित्सक मार्फत उपचार सेवा तथा स्वास्थ्य सम्बन्धि परामर्श शिविर सुरु भएको हो ।

जेष्ठ नागरिकको स्वास्थ्य उपचारका साथै ८० बर्षभन्दा माथिका सामाजिक सुरक्षा भत्ता पाप्त गर्ने नागरिकहरुलाई न्यानो कम्बल बितरण समेत भइरहेको लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । जसअन्तरगत पुस ७ गते वडा नम्बर ५ र ६ का १७१ ज्येष्ठ नागरिकहरुलाई रिठाचौपाता स्वास्थ्य चौकीमा सेवा दिइएको उहाँले बताउनुभयो । शिविरको दोस्रो दिन आइतबार (आज) लेकम गाउँपालिका वडा नम्बर ४ मा अवस्थित खरकडा स्वास्थ्य चौकीमा १३० जनाले सेवा पाएको अध्यक्ष जोशीले बताउनुभयो ।

एमबिबिएस डाक्टर लक्ष्मण थापाद्धारा स्वास्थ्य परीक्षण भइरहेको र गाउँपालिकाको तर्फबाट थप सहयोगका साथै ८० बर्षमाथिका बृद्धबृद्धालाई कम्बल वितरण भइरहेको बताइएको छ ।

आइतबार वडा नम्बर ४ खरकडा स्वास्थ्य चौकीमा ७० बर्षभन्दा माथिका ८९ जनाको डाक्टर थापाद्धारा स्वास्थ्य परीक्षण गरीएको र ४१ जना ८० बर्षभन्दा माथिका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरीकहरुलाई न्यानो कम्बल बितरण गरीएको उहाँले बताउनुभयो । खरकडामा कुल १३० जनाले सेवा पाएको बताइएको छ ।

मंगलबार लाली र बुधबार गराडी स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

सायद पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?