दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । आज (सोमबार) शैल्यशिखरको केन्द्र गोकुलेश्वरमा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरिएको हो ।
शैल्यशिखर नगर खेलकुद विकास समिति अध्यक्ष महेश सिंह भण्डारीको अध्यक्षता तथा नगर प्रमुख विजय सिह धामीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा नगर उपप्रमुख शान्ति खडायत, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी लगायत खेलप्रेमी दर्शकको सहभागिता रहेको थियो ।
पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शैल्यशिखर नगरपालिकाभित्रका १३ वटै माद्यमिक विद्यालयले सहभागिता जनाएको कार्यक्रमका उद्घोषक मनोरथ बिष्टले बताउनुभयो । उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले स्वास्थ्य र देशका लागि खेलकुदको महत्तपूर्ण भूमिका रहेको र खेलाडी अनुशासित हुनुपर्ने कुरामा जोड दिएका थिए । नगरपालिकाले अगामी दिनमा खेलकुदको क्षेत्रमा लगानी बढाउने प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीले बताउनुभयो ।
खेलको पहिलो दिन आज मार्चपास, दौड र कबड्डी लगायतका खेल खेलाइएको शैल्यशिखर नगरपालिकाका प्रवक्ता भरतबहादुर खडायतले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।







प्रतिक्रिया