दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहेको छ । स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने नाराका साथ लेकम गाउँपालिका वडा नम्बर ३ मा अवस्थित लाली खेलमैदानमा बुधबार उद्घाटन भएको प्रतियोगितामा विभिन्न खेलमा अन्तर मावि प्रतिस्पर्धा भइरहेको छ ।
लेकम गाउँपालिका भित्रका १० वटै माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विहिबारसम्म धेरै खेलहरु भइसकेका छन् । छात्र भलिवलतर्फ मावि सर्माेली, मावि लाली, मावि चौपाता र मावि रातामाटा सेमिफाइनलमा पुगेका छन् । छात्रा भलिबलमा मावि सर्माेली, मावि लाली, मावि चौपाता र मावि कुणी सेमिफाइनलमा पुगेका छन ।
छात्र कवड्डितर्फ मावि तेलीगाउँ, मावि चौपाता र मावि लाली सेमिफाइनलमा पुगेका छन भने छात्राहरुतर्फ मावि चौपाता, मावि लाली, मावि रातामाटा र मावि धरमघर सेमिफाइनल पुगेका छन् । कबड्डी र भलिबलको सेमिफाइन र फाईनल खेल भोलि हुने बताइएको छ ।
पुस २५ गतेबाट सञ्चालन भएको प्रतियोगितामा विभिन्न खेलहरु सम्पन्न भएर अन्तिम नतिजा समेत आइसकेको छ । छात्रा सटफुट तर्फ मावि चौपाता प्रथम, मावि रातामाटा द्वितीय र मावि लाली तृतिय भएका छन् । ज्यावलिङ थ्रो छात्रतर्फ मावि चौपाता प्रथम, मावि रातामाटा द्वितीय र मावि खरकडा तृतिय भएकोमा छात्रातर्फ मावि रातामाटा प्रथम, मावि तेलिगाउँ द्वितीय र मावि खरकडा तृतिय भएका छन् ।
तीन हजार मिटर दौड छात्र तर्फ मावि लाली प्रथम, मावि चौपाता द्वितीय र मावि कुणी तृतिय भएका छन् । छात्रा तीन हजार मिटर दौडमा मावि रातामाटा प्रथम, मावि खरकडा द्वितीय र मावि लाली तृतिय भएका छन् । आठ सय मिटर छात्र दौड तर्फ मावि लाली प्रथम, मावि सर्माेली द्वितीय र मावि रातामाटा भएका छन् । आठ सय मिटर दौड छात्रा तर्फ मावि चौपाता प्रथम, मावि लाली द्वितीय र मावि कुणी तृतिय भएको बताइएको छ ।
भोलि विहानैदेखि बाँकी खेलहरु सुरु गरेर बेलुकी समापन गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया