सुदूरपश्चिमसहित तीन प्रदेशका पहाडी भू–भागमा आंशिक बदली

दार्चुला । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। तराईका अधिकांश भू–भागमा आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति सुदूरपश्चिम प्रदेशसहित कर्णाली, कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने छ। हुस्सु, कुहिरो तथा शितलहरका कारण तराईको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। त्यस्तै चिसोबाट बच्न आवश्यक उपायहरु तथा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

महाशाखाका अनुसार कोशी वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पर्ने छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?