दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ ऐरपाली कोटमा निर्माण भएको नेपाल टेलिकमको टावर सुचारु भएको छ ।
ऐरपाली टावरमा टुजी बिटिएस जडान गरेपछि नमस्ते टुजी सेवा सञ्चालनमा आएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरूङले जानकारी दिनुभयो ।
नेपाल टेलिकम दार्चुलाका प्रमुख गुरूङ नेतृत्वको प्राविधिक टोलीले उपकरण जडान गरेपछि टुजी सेवा सञ्चालनमा आएको लेकम गाउँपालिका वडा नम्बर ३ का सदस्य हरि जोशीले बताउनुभयो ।
टावर सञ्चालनमा आएपछि लाली क्षेत्रमा नमस्ते फोन सेवाले काम गर्न थालेको र कुनै ठाउँमा टेलिफोन सेवाले काम नगरेमा जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो ।
अहिले परीक्षणकालमा टुजी सेवा जडान गरिएको र केही समयपछि फोर जी सेवा सञ्चालनमा आउने लेकम गाउँपालिकाका प्रवक्ता एबं वडाअध्यक्ष सुरेशसिंह थापाले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया