दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ मा अवस्थित देथला छोलाबगर खेलमैदानमा माघ तीन गते (भोली) बाट खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु हुदैछ ।
देथला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताको आवश्यक सम्पुर्ण तयारी पुरा भएको खेलकुद विकास समिति अध्यक्ष मुकेश पालले जानकारी दिनुभयो । नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्री गणेशसिंह ठगुन्नाले उक्त प्रतियोगिता उद्धाटन गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा सम्पूर्ण खेलपे्रमी महानुभावहरुको उपस्थितिको लागि सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया