दार्चुला । बैतडीको दोगडाकेदारमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ। दोगडाकेदार गाउँपालिका र गेटा आँखा अस्पताल धनगढीको सहकार्यमा गाउँपालिकाको वडा नं ३ मा रहेको श्रीकोट स्वास्थ्यचौकीको भवनमा पहिलो पटक आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।

गाउँमै आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीय नागरिकले सहजरुपमा आँखा सम्बन्धी विभिन्न रोगको उपचार पाउने गाउँपालिका उपाध्यक्ष पार्वती ऐरि कार्किले बताउनुभयो । उपचार केन्द्र उदघाटन गर्दै गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्किले आँखाको समान्य समस्याको लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

गाउँपालिकामै आँखा सम्बन्धी विभिन्न समस्याहरुको प्राथमिक उपचार सहज रुपमा पाउने भएपछि स्थानीय नागरिकलाई सहज हुने भएको छ ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?