अपडेटः सिगास जिप दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु

दार्चुला । बैतडीको सिगास गाउँपालिका वडा नम्बर १ माँडौमा शनिवार बिहान भएको जिप दुर्घटनामा परि  घाइते भएका २ जनाको मृत्यु भएको छ ।

शनिबार विहान भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बलराम पाण्डेयले जानकारी दिनुभयो।

दुर्घटनामा घाइते भएका अन्य ४ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सिगास गाउँपालिकाको गणानबाट इराना जाँदै सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप आज विहान माडौमा दुर्घटना भएको थियो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?