कृषि क्षेत्रमा भएका प्रगती र समस्याबारे कृषि मन्त्री थापा र स्थानीय तह प्रमुखबिच अन्तरक्रिया

दार्चुला । दार्चुलामा स्थानीय तह प्रमुख एंव सरोकारवालाहरुसंग प्रदेश कार्यक्रम सञ्चालन सम्बन्धि समन्वयात्मक गोष्ठी सम्पन्न भएको छ ।

कृषि विकास निर्देशनालयका कृषि अधिकृत राजेन्द्र बमको अध्यक्षता रहेको कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री विर बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा जिल्लाका नौँ वटै स्थानीय तहका प्रमुख एंव प्रतिनिधिहरु, कृषि तथा पशु शाखा प्रमुखहरु, जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव वडू, कृषि ज्ञानकेन्द्र दार्चुलाका प्रमुख शिशिर आर्चाय, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख खेमराज भट्ट लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

कार्यक्रममा कृषि ज्ञानकेन्द्र दार्चुला, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुला र मन्त्रालयले विभिन्न विषयहरुमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा हालसम्म कृषि र भेटेरीनरीमा भएको प्रगती, समस्या र समाधानका विषयमा छलफल गरिएको कृषि ज्ञानकेन्द्र दार्चुलाका सूचना अधिकारी श्यामराज जोशीले जानकारी दिनुभयो ।

त्यस्तै भोली कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री विर बहादुर थापाले जिल्लास्थित कृषि तथा भेटेरीनरीका कार्यक्रमहरुको अनुगमन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?