दार्चुला । दार्चुलामा सोमबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बैतडी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३६ जनाको स्वाब परीक्षण गर्दा दार्चुलाका एक जना महिला सहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका चारै जना दुहुँ गाउँपालिकाका स्थानीय रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । सोमबार चार जना संक्रमित थपिएसंगै दार्चुलामा कोरोना सक्रमितको संख्या एक सय ५२ पुगेको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी महाकाली नगरपालिकाका रहेका छन् । नौगाड र अपि हिमाल गाउँपालिका हालसम्म संक्रमण मुक्त रहेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?