दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा दुई दिने कार्यक्रम तय तथा योजना तर्जुमा पोषण गोष्ठी सम्पन्न भएको छ । सामाजिक व्यवहार परिर्वतनको माध्यमबाट वडाहरुमा स्वास्थ्य सरसफाई र पोषणको सूचकहरुमा सुधार ल्याउने उदेश्यले सञ्चालन गरिएको दुई दिने कार्यक्रम आज सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष राम दत्त जोशीको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधवि जोशीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक राज जोशी, वडा अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख अम्बादत्त जोशी, शाखागत कर्मचारी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत दीपक राज जोशीले जानकारी दिनुभयो ।
गाउँपालिकाको आयोजना तथा टिभिएन न्यु प्लानेट सैपाल जेभीको प्राविधिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा पोषण सुधारका विषयमा छलफल भएको थियो । कार्यक्रममा स्वास्थ्य पोषण र सरसफाईको पहुँच बढाउन आमा बालबालिका र किशोरी अवस्थाको पोषणमा सुधार ल्याउने, स्थानीय स्तरमा उत्पादित पोषण युक्त खाद्य कुराको प्रवद्र्धन गर्दै दलित जनजाती तथा पछाडी परेका सचेतना मुलक अभियान सञ्चालन गर्ने र समुदाय महिला स्वास्थ्य स्वंयमसेविकाहरुमा क्षमता अभिवृद्धी गरि स्वास्थ्य आमा समुह मार्फत पोषण शिक्षा प्रदान गर्ने विषयमा चर्चा गरिएको थियो ।




