दार्चुला । लेकम गाउँपालिका–६ सिरोडामा समुदायमा आधारित बाल तथा मातृ पोषण सुधार तथा प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ। लेकम गाउँपालिकाको आयोजना तथा टिभिएन न्यू प्लानेट शैपाल जेभीको प्राविधिक सहयोगमा स्वास्थ्य तथा पोषण सुधार सम्बन्धि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो।

लेकम-६ का वडाअध्यक्ष हरिबहादुर साउदको अध्यक्षता, महिला स्वास्थ्य स्वयंसेविका रमिता खत्रीको संयोजन तथा पोषण अधिकृत कुमार सन्जेलको प्रशिक्षण एवं सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा सहभागीलाई सन्तुलित आहार, बालबालिका तथा गर्भवती एवं सुत्केरी महिलाको पोषण अवस्था सुधारका उपाय, सरसफाइ, स्वास्थ्यकर खानपान र कुपोषण न्यूनीकरणका विषयमा जानकारी प्रदान गरिएको थियो। साथै स्थानीय स्तरमै उपलब्ध खाद्यवस्तुको प्रयोगबाट पोषिलो परिकार तयार गर्ने तरिकाबारे समेत व्यावहारिक प्रशिक्षण दिइएको पोषण अधिकृत सन्जेलले बताउनुभयो।

प्रशिक्षणका क्रममा पोषिलो खिर, लिटो तथा जाउलो बनाउने विधि सिकाउनुका साथै सहभागीलाई खिर पकाएर खुवाइएको थियो। बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको महत्वबारे जानकारी दिँदै दैनिक भोजनमा विविध र सन्तुलित आहार समावेश गर्न आग्रह गरिएको थियो।

कार्यक्रममा स्थानीय महिला, अभिभावक तथा समुदायका अन्य सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमबाट स्वास्थ्य र पोषणसम्बन्धी उपयोगी जानकारी प्राप्त भएको बताएका छन्।

लेकम सबै वडाका विभिन्न गाउँबस्तिमा यो कार्यक्रम निरन्तर भइरहेको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?