दार्चुला । नेकपा (एमाले) जिल्ला कमिटी सदस्य जंगबहादुर बमले नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर १ घर भएका बमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले गर्दै खादा ओढाएर नेपाली कांग्रेसमा स्वागत गर्नुभएको हो।
बमको कांग्रेस प्रवेशसँगै दुहुँ क्षेत्रमा नेपाली कांग्रेसको संगठन थप सुदृढ हुने विश्वास गरिएको कांग्रेस नेताहरूले बताएका छन्। बम स्थानीय तह निर्वाचनमा एमालेबाट वडाअध्यक्षको निर्वाचन लडेर पराजित हुनुभएको थियो।





प्रतिक्रिया