कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार ४ सयभन्दा कम

दार्चुला । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार ४ सयभन्दा कममा झरेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ३१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या ६ हजार ३ सय ९६ जनामा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म २ लाख ५१ हजार ३ सय १२ जना निको भइसकेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ७ सय ८ जना थपिएसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।

सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि १८ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?