नेपालमा कोरोना खोप प्राप्त भएको एक हप्ताभित्र वितरण सुरु हुने

दार्चुला । नेपालमा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको एक हप्ताभित्र वितरणको अभियान सुरु हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले एक करोड ७० लाख खोपको भण्डारण गर्न सक्ने क्षमता रहेको र खोप प्राप्त भएको सात दिनभित्र खोप वितरण गर्ने तयारी भइरहेको बताउनुभएको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले जतिसक्दो छिटो खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिने तयारी पनि थालिएको बताउनुभयो । निश्चित देशमा मात्रै कोरोनाविरुद्धको खोपको विकास भएकाले नेपालमा मागअनुसारको खोप ल्याउन भने समस्या भएको उहाँको भनाइ छ ।

यद्यपि एक करोड ७० लाख खोप आयातका लागि रुस, भारतलगायत देशसँग छलफल भइरहेको र कुटनीतिक पत्र पठाइसकेको उहाँले बताउनुभयो । खोप न्यायपूर्ण ढङ्गले वितरण गर्ने पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

उहाँले सञ्चालनमा रहेका १६ हजार खोप केन्द्रलाई परिचालन गर्ने र त्यसका लागि पाँच हजार कर्मचारी खटाउने पनि बताउनुभयो । यस्तै ५२ हजार महिला स्वंयसेविकालाई पनि परिचालन गर्ने सरकारको तयारी छ ।

स्वास्थ्यमन्त्री त्रिपाठीले खोपमा अरू देशभन्दा पछि पर्ने अवस्था नभएको दाबी पनि गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?