सम्झन योग्य पृथ्वी नारायण शाह

स्थापनाका हिसाबले नेपाल वैदिक कालिन देश हो । निरन्तर स्वतन्त्र अस्तित्व कायम गर्दै यो देश यहाँसम्म आईपुगेको हो।
विभिन्न समयमा यसका सिमा र शासक परिवर्तन भएका छन् तर यसको सार्वभौमिकता अविछिन्न रहेको छ ।

आधुनिक नेपालको ईतिहास खोतल्दा गोर्खाका राजा नरभुपाल शाहका जेठा छोरा पृथ्वीनारायण शाहसम्म पुगिन्छ।

जहाँबाट आधुनिक नेपालको निर्माण सुरु हुन्छ। नरभुपाल शाहले छिमेकी राज्य नुवाकोटमाथी पटक पटक कोसिस गर्दा पनि विजय हासिल गर्न नसकेको र बुवाले अधुरो छोडेको कार्य पूरा गर्ने लक्ष लिएर अगाडी बढेका पृथ्वीनारायण शाहमा कालान्तरमामा समस्त हिमवतखण्ड एकत्रित गरी पृथ्वीमा नेपाल नामको स्वतन्त्र एवम् अविभाज्य राष्ट्र निर्माण गर्ने आत्म विश्वास पैदा हुन्छ । र सोही आत्मविश्वासलाई लिएर जीवनका ३२ बर्ष लडाइँमै खर्चिएका गोर्खाली राजा समस्त नेपालको बडामहाराजाधिराज बन्न पुग्दछ्न।

दक्षिणतिर बेलायती औपनिवेशले ईन्डियालाई कब्जा गरिराखेको समयमा र मुगलहरुको समेत यस भुमिमाथी कुदृष्टी रहेको समयमा बडामहाराज पृथ्वीनारायण शाहले यी दुबैलाई चुनौती दिएर नेपाल एकीकरणको कामलाई अगाडी बढाउनु भएको थियो । आफ्ना राज्यमा रहेका विभिन्न जातजाती, भाषा, धर्मका मानिसहरूलाई समेटेर देश एकीकृत गराउनको लागि सहयोग लिई गोर्खाली सेना निर्माण गरि आफै युद्ध मोर्चामा अग्रपंक्तिमा खटिई बहामहाराजले यो देश निर्माण गर्नुभएको हो ।

यो देशलाई निर्माण गर्ने विदेशी विधर्मीको षड्यन्त्रबाट मुक्त गराई सदा सर्वदा स्वतन्त्र अस्तित्व कायम राख्न अमुल्य योगदान दिनु हुने पृथ्वीनारायण शाह अमर रहुन । उहाँ प्रती हार्दिक श्रद्धाञ्जली

विमल जोशी,  शैल्यशिखर नगरपालिका वडा नम्बर ८ बोहरीगाउँ दार्चुला

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?