दार्चुला । दार्चुलामा आरडिटी पोजेटिभ आउनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएपनि पीसिआर परीक्षणको तयारी नहुदा कोरोनाको त्रास फैलिएको छ ।
शुक्रबारसम्म २ हजार ७ सय १६ जनाको आरडिटी परीक्षण गरिएकोमा ६६ जनाको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । शुक्रबार नौगाड गाउँपालिकामा ३ जना, मालिकार्जुन गाउँपालिका, व्याँस गाउँपालिका र महाकाली नगरपालिकामा दुई÷दुई जना र अपिहिमाल गाउँपालिकामा १ जनामा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ ।
बुधबारसम्म झण्डै १६ सय मानिस क्वारेन्टाइनमा बसेकोमा शुक्रबार १२ सय ७४ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् ।
हालसम्म मालिकार्जुनमा ३ सय ६९ जनामा आरडिटी परीक्षण गरिएकोमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । महाकाली नगरपालिकामा ४ सय ३६ जनाको परीक्षण गरीएकोमा ६ जना, नौगाड गाउँपालिकामा ४६४ मध्ये ७ जनामा पोजेटिभ देखिएका छन् ।
मार्मा गाउँपालिकामा १६० जना र दुहुँमा १ सय १६ जनामा परीक्षण गरीएकोमा कसैमा पनि आरडिटी पोजेटिभ देखिएको छैन ।
अपिहिमाल गाउँपालिकामा ३८२ जनामध्ये ४ जना, लेकम गाउँपालिकामा २९७ जनामध्ये ७ जना र व्याँस गाउँपालिकामा १ सय ८ जनाको परीक्षण गरिएकोमा ३ जनामा आरडिटी पोजेटिभ देखिएको छ ।
दुई दिन यता दार्चुलाका सकैमा पनि कोरोना संकमण पुष्टी भएको छैन । बुधबारसम्म सात सय ९२ जनाको पीसीआर विधिबाट थ्रोट स्वाबको नमूना परीक्षण गरीएकोमा १२ जनाको पोजिटिभ आएको पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको र बाँकी ७७५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, दार्चुलाका कोरोना भाइरस फोकल पर्सन वीरेन्द्रराज भट्टले जानकारी दिनुभयो । पहिलो संक्रमित महाकाली नगरपालिका—६ का २१ वर्षीय युवक कोरोना जितेर मंगलबार घर फर्किएपनि ११ जनाको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।
भारतबाट फर्किएका नागरिकमा आरडीटी पोजिटिभ देखिन थालेपछि गाउँघरमा कोरोनाको जोखिम बढ्दैगएको छ । आरडिटी पोजेटिभ देखिएकाहरुको समेत पिसिआर विधिबाट परीक्षण नहुदा कोरोना संक्रमणको जोखिम बढेको स्थानियको गुनासो छ । आरडिटी पोजेटिभ आएकाहरुको एक दुई दिनभित्रै थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षणका लागि धनगढी पठाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
आरडिटी परीक्षण भरपर्दो नभएको भन्दै क्वारेन्टाइनमा बसेका सबैको पीसिआर विधिबाट परीक्षण हुनुपर्ने माग बढ्दै गएको छ ।
सुदूरपश्चिम प्रदेशमा बितेकोे २४ घण्टामा कोरोना भाइरस संक्रमित भेटिएका छैनन्। सेती प्रादेशिक अस्पतालका अनुसार २४ घण्टामा परीक्षण गरिएका एक सय ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । सुदूरपश्चिममा बीहिबार मात्र ४ दिने शिशु सहित २७ जनामा कोरोनाको संक्रमण देखिएको थियो। बीहिबार भेटिएका मध्ये १८ जना बाजुराका, ७ जना कैलाली र दुईजना बझाङका रहेका थिए।
सुदूरपश्चिममा अहिले सम्म एक सय ९१ जना संक्रमित भेटिएका छन्। उनीहरु मध्ये दुईजनाको मृत्यु भएको छ भने १९ जनालाई डिस्चार्ज गरिएको छ ।
नेपालमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या पाँच हजार ६२ पुगेको छ । सङ्क्रमित हुनेमा चार हजार ७०९ पुरुष र ३५३ महिला रहेका छन् ।
कुल डिस्चार्ज हुनेको ८७७ पुगेको छ । आरडिटी र पीसिआर विधिबाट परीक्षण गरिएकाहरुको सङ्ख्या एकलाख २१ हजार ८ सय ६२, क्वारेन्टाइनमा बसेकाहरुको संख्या एक लाख ५८ हजार ५० रहेका छन् । आइसोलेसनमा चार हजार १६९ रहेका छन् ।
अर्घाखाँचीको एक क्वारेन्टाइनमा रहेका एक सङ्क्रमित ५७ वर्षको अस्पतालबाट उपचारपछि घर फर्किदै गर्दा मृत्यु भएका छन् । उनको स्वाब परीक्षण पोजेटिभ आएकाले नेपालमा कोभिड १९बाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
हालसम्म नेपालका ७२ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
याे पनि पढ्नुहाेस् : कोरोना संक्रमणको जोखिम बढेको र परीक्षण सुस्त भएको भन्दै दार्चुलाका स्थानीय तहले सामान लगानी गरेर पीसिआर मेसिन खरिद गर्ने निर्णय गरेका छन् । https://lokdarpantv.com/2020/06/11/1240/
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।