दार्चुला । कोरोना संक्रमणको जोखिम बढेको र परीक्षण सुस्त भएको भन्दै दार्चुलाका स्थानीय तहले पीसिआर मेसिन खरिद गर्ने निर्णय गरेका छन् । बिहिबार जिल्ला संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले पीसिआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।

जिल्ला समन्वय समिति र नौँ वटै स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा बसेको सिसिएमसी बैठकमा जिल्लामा जति सक्दो छिटो कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने गरी काम अघि बढाउने सहमति भएको छ । धनगढीमा रहेको एकमात्र प्रयोगशालाको भर पर्दा पीसिआर रिपोर्ट आउन हप्तौ समय लाग्ने देखिएपछि मेसिन खरिद गर्ने निर्णय गरिएको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो ।

मेसिन खरिदका लागि दार्चुलाका नौँ वटै स्थानीय तहले समान रकम व्यहोर्ने सहमति भएको छ । पीसिआर मेसिन खरिदको लागि प्रयोगशाला स्थापनाको अद्ययन गर्न जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीको संयोजकत्वमा ६ सदस्यिय समिति गठन गरिएको छ।
उक्त समितिले जिल्लामा पीसिआर परीक्षण गर्ने मेसिन खरिद गर्न आवश्यक खर्च, जनशक्ति, भौतिक संरचना लगायत व्यवस्थापकिय पक्षका विषयमा विज्ञसंग छलफल गरी जति सक्दो छिटो प्रतिबेदन तयार पार्ने निर्णय गरिएको समिति संयोजक एबं जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीले बताउनुभयो ।

प्रतिवेदनको सुझाबका आधारमा मेसिन खरिद प्रक्रिया अघि बढाउने सहमति भएको छ । यो हप्तामात्रै भारतबाट आएका ५० जनामा आरडिटी रिपोर्ट पोजेटिभ आएपनि पीसिआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन समेत हुन नसकेकोले जिल्लामै प्रयोगशाला स्थापना गरेर परीक्षणको गति बढाउने जनाइएको छ ।


संक्रमित फेला परेपछि गाउँघरमा त्रास

दार्चुलामा भारतबाट आएका १२ जनामा कोरोना संक्रमण देखिएको छ । पहिलो संक्रमित महाकाली नगरपालिका—६ का २१ वर्षीय युवक कोरोना जितेर मंगलबार घर फर्किएपनि ११ जनाको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।
शैल्यशिखर नगरपालिकाका ८ जना, महाकाली नगरपालिका र लेकम गाउँपालिकामा २÷२ जनामा कोरोना संक्रमण पुष्टी भएपछि गाउँघरमा काेराेनाकाे त्रास फैलिएकाे छ । शैल्यशिखर नगरपालिका नगरकार्यपालिकाको बैठकबाट अर्को निर्णय नहुदासम्मका लागि गोकुलेश्वर बजार सिल गर्ने निर्णय भएपछि कार्यान्वयन नभएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

दार्चुलामा २ हजार ४ सय ५० बढीको आरडिटी परीक्षण गरिएकोमा यो हप्ता ६ वटा स्थानीय तहमा ५० जनाको आरडिटी रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । सात सय ९२ जनाको पिसिआर बिधिबाट थ्रोट स्वाबको नमुना परीक्षण गरीएकोमा १२ जनाको पोजेटिभ आएको ५ जनाको रिपोर्ट आउन बाकी रहेको र बाकी ७७५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।

भारतबाट फर्किएका नागरिकमा आरडिटी पोजेटिभ देखिन थालेपछि गाउँघरमा कोरोनाको जोखिम बढ्दै गएको छ । जिल्ला बाहिरबाट फर्किएकाहरुमा एन्टिबडी पोजेटिभ देखिएपछि अपिहिमाल गाउँपालिका क्षेत्र सिल गर्न सीमा क्षेत्रमा स्वयमसेबक परिचालन गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?