मुक्तक

१.
हुनैपर्ने अलग अलग,पक्का भइसक्यो
तिम्रो अन्तै प्रेमको जग,पक्का भइसक्यो
प्यारी मान्छे तिम्रो जीवन हाँसीखुसी बितोस्
मेरो बर्बादी त लगभग,पक्का भइसक्यो।
२.
मेरै खाँचो त्यो जीवनमा अझै पनि रैछ
दिल,दिलको सिंहासनमा अझै पनि रैछ
मेरो खबर कसैसँग सोध्दै थिइस् अरे
अलि अलि माया मनमा अझै पनि रैछ।

३.
कसैलाई इज्जत ठूलो कसैलाई धन हुन्छ
आ आफ्नो तरिकाले जीवन यापन हुन्छ
त्यही ठाउँमा हुन्छ बिद्रोहको जन्म पनि
जहाँ निमुखा माथी शोषण दमन हुन्छ ।

४.
तिम्रो खुट्टा तान्ने रित छ,मैलेँ बुझेको छु
त्यसरी नै जीवन बित्छ,मैलेँ बुझेको छु
यसकारण मुर्ख सँग संवाद गर्दिन म
मौनता मै मेरो जित छ,मैलेँ बुझेको छु ।

५.

को रहन्छ र ? जिन्दगीभर कोहि साथ रहन्न
त्यसैले तिम्लाई गुमाएकोमा पश्चाताप रहन्न
म त आफ्नै सुरमा आफ्नो बाटो हिँड्छु
को भेटियो, को छुटियो, खासै याद रहन्न ।

    शब्द :  दिनेश धामी केदार स्युँ  गाउँपालिका  वडा नंम्बर  ७  जसुडा, बझाङ

 

तपाईका पनि लेख रचना छन भने, news.radiolokdarpan@gmail.com  मा पठाउन सक्नु हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?