दार्चुला । जागृति युवा समाज अन्तरगत समाज सुधारका लागि युवा एकता अभियान लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीको आयोजनामा सञ्चालित पाँच दिने नि:शुल्क स्वास्थ्य, कृषि र पशु सेवा शिविर आइतबार सम्पन्न भएको छ ।
कृषिमा क्रान्ती, स्वास्थ्यमा सुधार र पशुपालनमा जोड, समाज रुपान्तरण गर्ने तपाई हाम्रो सोच” भन्ने नाराका साथ मंसिर ३ गतेबाट ७ गतेसम्म सञ्चालित तालिमबाट एक हजार दुई सय बढी स्थानीयले सेवा पाएका छन् ।
समाज सुधारका लागि युवा एकता अभियानका अध्यक्ष महादेब साउदको अध्यक्षता रहेको समापन कार्यक्रममा नेकपा लेकम गाउँपालिका इन्चार्ज तथा प्रदेश कमिटी सदस्य राम दत्त जोशी प्रमुख अतिथि रहनुभएको थियो । लेकम गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दौलत सिंह साँउद विशिष्ट अतिथी रहनु भएको कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
जनताको घरदैलोमै पुगेर सेवा दिने उद्धेश्यले सञ्चालित ५ दिने स्वास्थ, पशु, कृषि तथा दन्त सेवा शिविरबाट एक हजार दुई सय ५३ जनाले सेवा पाएको समापन कार्यक्रममा सहभागि लोकदर्पण टिभी युटुब च्यानलका सम्पादक तथा रेडियो लोकदर्पणका सम्बाददाता हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।
शिविरमा विभिन्न ब्यक्ति र संघ संस्था बाट ८७ हजार ६ सय १६ रुपैया आर्थिक सहयोग प्राप्त भएको कार्यक्रम संयोजक दिपक विष्टले बताउनुभयो । पाँच दिने निःशुल्क शिविर सञ्चालनमा कुल ९६ हजार एक रुपैया खर्च भएको समाजका अध्यक्ष महादेब साउँदले बताउनुभयो । समापन कार्यक्रमको सञ्चालन पुष्कर बिष्ट र दिपक प्रसाद पन्तले गर्नुभएको थियो ।
उक्त शिविरमा रेडियो लोकदर्पण र लोकदर्पण टिभी डटकम अनलाइन पोर्टन मिडिया पार्टनर रहेका थिए ।
कार्यक्रमबारे भिडियो सहित विस्तृत जानकारीका लागि यो लिकंमा क्लिक गर्नुहोस
कार्यक्रमबारे भिडियो सहित विस्तृत जानकारीका लागि यो लिकंमा क्लिक गर्नुहोस




