दार्चुला । दार्चुलाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा लेकम गाउँपालिका–६ का ३८ वर्षीय जीप चालक करन नाथ, शैल्यशिखर नगरपालिका–८ का गाडीधनी ४० वर्षीय पदम राज पन्त र सोहि ठाउँका ७० वर्षीया सुनादेबी पन्त रहेका छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । भने गाडी धनी पदम पन्तको गोकुलेश्वर अस्पताल लैजादै गर्दा मृत्यु भएको छ ।

गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ब ३ च १६९३ नम्बरको नयाँ जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट बन्स्याडीमा दुर्घटना हुदा चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जीपमा सवार अरु चार जना घाइते रहेको स्थानीय हरि जोशीले बताउनुभयो । घाइतेहुनेहरुमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षीय बुद्धिपल्ल्ब पन्त, ७० वर्षीया गंगा देबी पन्त, १२ वर्षीय मुकेस पन्त र ७ वर्षीय बसन्त पन्त रहेका छन् ।

दुर्घटनामा परेको जीप गोरसपात होटल गोकुलेश्वरका सञ्चालक पदम पन्तको रहेको प्रहरीले जनाएको छ । सडकबाट एक सय मिटर तल खसेको जीपमा पनि क्षती भएको छ । दुर्घटनापछि पन्त परिवार शोकमा डुबेको छ ।

स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पठाइएको छ ।

पन्त परिवार मन्दिरमा पुजाआजा तथा मन्दिर दर्शनमा थिए । दुर्घटनामा परेको जीप समेत नयाँ रहेको बताइएको छ ।

तस्बिर : लोकदर्पण समाचारदाता पुष्कर नाथ

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?