दार्चुला । नेपाल सरकारका तीन जना मन्त्रीले महाकाली करिडोर अन्तरगत निर्माणाधिन दार्चुला–तिङ्कर सडकको कार्यप्रगतिबारे हवाइ निरीक्षण गर्नुभएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना सहित राजनीतिक, प्रशासनिक र प्राविधिक व्याक्तिहरुको टोलीले आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला–तिङ्कर सडकको निरीक्षण गर्नुभएको हो ।

दार्चुला–तिङ्कर सडकको निरीक्षण पश्चात नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले अगामी आर्थिक वर्षमा प्राथमिकताका साथ बजेट विनियोजन गरेर द्रुत गतिमा तिङ्करसम्म सडक निर्माण गरिने बताउनुभयो । सडक निरीक्षण पश्चात महाकाली नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले विगतमा कमजोरीहरु भएपनि वर्तमान सरकार आएपश्चात ठूलठूला विकास निर्माणका योजनाहरु निर्माण भइरहेको बताउनुभयो ।

महाकाली करिडोर अन्तरगत तिङ्कर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको स्मरण गराउदै उहाँले घाँटीबगरदेखि तिङ्करम्म सडक निर्माण गर्ने विषयमा सेनासंग बसेर योजना बनाइएको बताउनुभयो । खलंगा देखि सुन्सेरासम्म सडक विभागले चाँडै ठेक्कापट्टा मार्फत सडक स्तरोन्नतीको काम गर्ने मन्त्री नेम्वाङको भनाई छ । २०६५ सालदेखि शुरु भएको यो सडकले हालसम्म गति लिन नसकेपनि अगामी दिनमा अत्यन्तै महत्तका साथ निर्माण गरिने उहाँले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले दार्चुला–तिङ्कर सडकलाई रणनीतिक महत्तको सडकको रुपमा निर्माण गर्ने योजनाका साथ आफुहरु निरीक्षणमा आएको बताउनुभयो । सामरिक महत्तको सीमावर्ती यो सडकलाई अगामी दिनमा राष्ट्रिय गौरबको आयोजनाका रुपमा सञ्चालन गर्न आफुले पहल गरिरहेको उहाँको भनाई छ ।

कैलासमानसरोबर जोड्ने छोटो दुरीको यो सडक धार्मीक पर्यटकिय दृष्टिकोणका साथै अन्तरराष्ट्रिय व्यापारीक महत्तका हिसाबले समेत प्रचुर सम्भावनायुक्त सडकका रुपमा रहेको मन्त्री ठगुन्नाले बताउनुभयो । दार्चुलावासीको प्रतिनिधिका हैसियतले समेत आजसम्मका बाँधा र कमजोरी सुधारेर यो सडकलाई छिटो तिङ्करसम्म पुर्याउने र खलंगादेखि सुन्सेरासम्म कालोपत्रे गरेर हजारौँ जनतालाई सेवा दिने योजनाका साथ आफुले काम गरिरहेको मन्त्री ठगुन्नाले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्की र महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले दार्चुला–तिङ्कर सडकलाई महाकाली करिडोरबाट छुट्याएर अलग्गै कार्यालय स्थापना गर्दै प्राथमिकताका साथ निर्माण गर्न सुझाब दिनुभएको छ । कार्यक्रमका सहभागिहरुले महाकाली करिडोर १२ मिटर चौडा बनाउनुपर्ने भएपनि दार्चुला सदरमुकामदेखिको बाटो ६ मिटरमात्रै चौडा भएकोले सडक स्तरोन्नती गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयसंग माग गरेका छन् ।

नेपाली काग्रेश दार्चुलाका सचिव हरक बिष्टले दार्चुला–तिङ्कर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेकोमा नेपाल सरकारलाई धन्यबाद दिनुभयो । दार्चुला–तिङ्कर सडकमा मन्त्रीहरुले गरेको निरीक्षणलाई दार्चुलावासीले महत्तका साथ हेरेका छन् । कार्यक्रमका सहभागिहरुले दार्चुला–तिङ्कर सडकलाई राष्ट्रिय गौरबको आयोजनामा समाबेस गर्न माग गरेका छन् ।

२०६४।०६५ सालबाट निर्माण सुरु गरिएको दार्चुला–तिङ्कर सडक निर्माणले १२ वर्ष बढि हुँदा पनि लक्ष्य तथा जनअपेक्षा अनुसार गति लिन नसकेको गुनासो कायमै छ । यो सडकमा अहिलेसम्म दार्चुला सदरमुकाम खलंगादेखि सुन्सेरासम्म ४४ किलोमिटर मात्रै ट्र्याक खुलाइएको छ । अहिले सडक निर्माणको लागि नेपाली सेनाको निर्माण दल व्यास गाउँपालिकाको सुन्सेरा र दुम्लीङमा क्याम्प राखेर निर्माण कार्य सुरु गर्ने तयारी गरिरहेको छ ।

सरकारले महाकाली करिडोर अन्तर्गत दार्चुला–तिङ्कर सडक खण्डको १३४ किलोमिटर मध्ये ठेक्का हुन बाँकी घाँटीबगर देखि तिंकरसम्मको ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएपछि तिङ्करसम्म चाँडै सडक विस्तार हुनेमा आफुहरु विस्वस्त रहेको व्यासका स्थानीय एबं प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा भौतिक पुर्वाधार, अद्योग र सामान्य प्रशासन मन्त्रीका साथै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव रबिन्द्र नाथ श्रेष्ठ लगायत मन्त्रालयका अधिकारी, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय योजना आयोगका सदस्य, पुर्व मन्त्री लगायत विशिष्ट व्याक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?