दार्चुला । सरकारले दार्चुला सहित ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोण्डब्याण्ड इन्टरनेट’ पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले ती जिल्लाका पालिकालाई समझदारी पत्रमा हस्ताक्षर गर्न आग्रह गरेको छ ।

गोरखा भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा र काठमाण्डौ उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुरबाहेकका सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान हुनेछ ।

नेपाल दूरसञ्चार प्राधिकरणले निकालेको सूचनामा १५ दिनभित्र समझदारी पत्रमा हस्ताक्षर गर्न भनिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?