काठमाण्डौ । चीनको अन्तरिक्ष निकायले जुरोङ रोभर मङ्गल ग्रहको सतहमा हिँडिरहेको भिडियो सार्वजनिक गरेको छ । भिडियो चीनले पठाएको रोबोटले जमिनमा जडान गरेको वायरलेस क्यामेराले खिचेको हो ।
रोबोटले अहिले युटोपिया प्लानिसिया भन्ने क्षेत्रको अन्वेषण गरिरहेको चीनको अन्तरिक्ष निकायलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
जोरुङ मङ्गल ग्रहको ४२ दिनमा दुई सय ३६ मिटर गुडेको छ । मङ्गल ग्रहको एकदिन २४ घण्टा ३९ मिनेटको हुन्छ । चीनको अन्तरिक्ष निकाय सीएनएसले प्रेस विज्ञप्ति निकालेर मङ्गल ग्रहमा अवतरण गरेको रोभरले राम्रो काम गरिरहेको बताएको छ । जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्षको उत्सव पनि हो ।
यो उत्सवमा रोभरले मङ्गल ग्रहबाट आशीर्वाद पठाएको सीएनएसको विज्ञप्तिमा उल्लेख छ । भिडियोमा आवाज पनि सुनिएको छ । वैज्ञानिकहरूले जुरोङले कम्तीमा ९० मङ्गल दिन काम गर्ने आशा गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




