दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाको अस्थाई कार्यालय खरकडामा १९ दिन पहिले लागेको ताला मंगलरबार सहमतिविनै तोडिएको छ । गाउँपालिका र संघर्षरत पक्षबिच सहमति जुट्न नसकेपछि वडा नम्बर ४ का कार्यबाहक वडाअध्यक्ष कृष्णनन्द पन्तको रहोबरमा ताला तोडिएको हो । ताला तोडिएपछि संघर्ष समिति आक्रोशित बनेको छ । सामाजिक सञ्जालमा ताला तोडिएकोप्रति आक्रोश पोखिएपछि वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रराज जोशीले सामाजिक सञ्जाल फेसबुकमार्फत वडाअध्यक्षको नाताले आफुले ताला तोड्न लगाएको र भदौँ ५ गते खरकडामा त्यसको जवाफ आफुले दिने प्रतिक्रिया दिनुभएको छ ।

संघर्ष समितिले भने रातामाटाबाट कार्यालय सञ्चालन गराउन थप आन्दोलनका कार्यक्रम अघि बढाउने र त्यसको सम्पूर्ण जिम्मा वडा नम्बर ४ ले लिनुपर्ने जनाएको छ । गाउँपालिकाको केन्द्र रातामाटाबाट कार्यालय सञ्चालन गर्न पटकपटक माग गर्दा समेत खरकडाबाट रातामाटा कार्यालय नसारेको भन्दै तत्काल कार्यालय रातामाटाबाट सञ्चालन गर्न माग गर्दै विभिन्न वडाबाट गएका स्थानीयहरुले साउन १५ गते तालाबन्दी गरेका थिए । ताला खुलाउने विषयमा १९ दिनपछि मंगलबार दुबै पक्षबिच छलफल भएपनि सहमति हुन सकेन । ताला खुलाउन सहमति नजुटेपछि छलफल निष्कर्षविहिन भएको भनेर संघर्ष समिति फर्किएपछि वडा नम्बर ४ का वडाअध्यक्ष जोशीको सल्लाह र कार्यवाहक वडाअध्यक्ष पन्तको रहोबरमा ताला तोडीएको बताइएको छ ।

सहमतिविनै ताला तोडिएको विषयमा गाउँपालिकाभरीका जनताहरुसंग समन्वय गरेर थप आन्दोलन गर्ने संघर्ष समिति संयोजक दिपक बिष्टले बताउनुभयो । ताला तोडन निर्देशन दिने वडाअध्यक्ष जोशीलाई संयोजक बिष्टले खबरदार महेन्द्र जि भनेर सहमतिविनै ताला तोडिएको विषयमा गम्भीर आपत्ती समेत जनाउनुभएको छ । गाउँपालिकाको केन्द्र रातामाटा सार्ने बिषयमा गाउँकार्यपालिकाबाट निर्णय गर्ने बताएपनि निर्णय भइसकेपछि वा निर्णय गर्ने सुनिश्चिचता भइसकेपछि मात्रै ताला खोल्ने आफुहरुको अडान रहेको कैनोडाका स्थानीय शिवराज जोशीले बताउनुभयो । विभिन्न क्षेत्रका स्थानीहरुले सामाजिक सञ्जाल फेसबुकबाट ताला तोडेको नतिजा ठिक नहुने भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

गाउँपालिकामा १९ दिनदेखि तालाबन्दी हुदा नियमित सेवा प्रवाहमा समस्या भइरहेको भन्दै सहमति बिनै ताला तोडिएको हो । ताला तोडिएपछि संघर्षरत पक्षले कडा प्रतिवाद गर्ने र संघर्ष जारी राख्ने रणनीतिस्वरुप छलफल गरिरहेको बताइएको छ । यसअघि गाउँपालिकामा खरकडाका स्थानीयहरुले ताला खुलाउन दबाद दिइरहेका थिए । भने ताला लगाउने पक्ष अर्थात संघर्षरत पक्षले निर्णय नगर्दा सम्म ताला नखोल्ने अडान राखेपछि ताला खोल्ने विषयमा सहमति हुन सकेको थिएन । तत्काल गाउँकार्यपालिका बैठक बसाल्न कार्यपालिका सदस्यहरु गाउँपालिका बाहिर रहेको बताइएको छ ।

कार्यालय रातामाटाबाट सञ्चालन गर्न गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधि सहमत भएपनि कार्यपालिकाबाट निर्णय गरेपछि औपचारीक रुपमा प्रशासकिय कामकाज रातामाटाबाट सञ्चालन गर्ने तयारी रहेको गाउँपालिका स्रोतले जनाएको छ । यद्धपी गाउँकार्यपालिकाका सबै सदस्यहरु तत्काल रातामाटा कार्यालय सार्ने पक्षमा नरहेको बताइन्छ ।

गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि लेकम गाउँपालिकाकै गाउँकार्यपालिका र गाउँसभाबाट केन्द्र रातामाटा राख्ने निर्णय गरिएको थियो । गाउँपालिकाकै सिफारिस र नेपाल सरकारको निर्णय अनुसार नेपाल सरकार राजपत्रमा समेत लेकम गाउँपालिकाको केन्द्र रातामाटा भनेर तीन वर्ष पहिले नै प्रकाशित भइसकेको छ । गाउँपालिका कार्यालय निर्माणका लागि रातामाटामा विगतमै स्थानीय पाठक परिवारले जग्गादान गरेका छन् । भवन निर्माणका लागि विस्तृत अद्ययन प्रतिवेदन (डिपिआर) तयार भएको, माटो परीक्षण गरिएको, प्रशासकिय भवन निर्माणका लागि टेण्डर र सम्झौता समेत भइसकेकोले रातामाटाबाट छिटो कार्यालय सञ्चालन गर्न स्थानीयले माग गरिरहेका छन् ।

अहिलेसम्म लेकम गाउँपालिकाका कागजपत्रहरुमा गाउँपालिकाको कार्यालय रातामाटा भनेर उल्लेख भएपनि कार्यालय सञ्चालन खरकडाबाट नै भइरहेको छ । पछिल्लो समय जनप्रतिनिधिहरुमा नै गाउँपालिकाको केन्द्रका विषयमा मतभेद देखिएकोले रातामाटा कार्यालय सार्न ढिलाइ भइरहेको स्रोतले जनाएको छ । पटकपटक गाउँपालिकामा तालाबन्दी हुँदा सेवाग्राहीहरु समस्या भोगिरहेका छन् । दैनिक गर्नुपर्ने कामकाज र सेवा प्रवाह प्रभावित हुँदा त्यसको असर लेकमको विकास र लेकमवासी जनतामा परिरहेको छ । जनप्रतिनिधि र गाउँपालिका गैरजिम्मेवार भएको कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको संघर्षरत पक्षको प्रतिक्रिया छ ।

हेर्नुहोस केही स्थानीयहरुले फेसबुकमा पोखेको आक्रोश र वडाअध्यक्ष महेन्द्रराज जोशीले दिनुभएको आफुले ताला तोडेको जवाफ

No description available.

 

No description available.

 

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?