काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय २ पीसीआर परीक्षणमा २ हजार५२ जना र ४ हजार ६ सय ७२ एन्टिजेन परीक्षणमा ३ सय ८१ जना गरी २ हजार ४ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण २६ जनाले ज्यान गुमाएका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ भने ७ लाख ५ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ जना रहेका छन् । जसमध्ये ३५ हजार ३५४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ५४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




