कविता  “लक्ष्यबिहिन शिक्षा”

कविता

कलिला मुनाहरु फक्रीन नपाउदै 
घरबाट टाढा राखियो 
उज्ज्वल भबिष्य बनाउन 
हरेक दिन आमाको न्यानो स्पर्श खोज्दाखोज्दै,
ती दिनहरु स्पर्शविहिन भै रहे

आशाको दियो जलाउन खोज्दा
हुरीबतास आएर निभाउदै गयो
हरेक आवश्यकता पूरा गर्न 
हात हातमा पैसा थमाइदिइयो 
लक्ष्मण रेखा कोरिदिईयो

तर महोदय ,
उनिहरुलाई थाहा भएन 
र बुझ्न पनि खोजेनन्
बुझे पनि बुझ पचाउँदै गए
अन्कन्टार जंगलमा उदेश्यविहिन
यात्रि झै भैतारिदा भैतारिदै
थाकिसके ,

मेरो थकाइको कुनै वास्ता छैन उनिहरुलाई
बस एउटा शिक्षित मान्छे बनाउदै लानु छ
तर उनिहरु
तालिवान अनि यहुदिभन्दा कम छैनन्
स्वतन्त्रताको खोल ओढेर 
सिक्न विवस बनाउदै छ्न्
तर अपसोच उनिहरुलाइ

कहिल्यै सिकाइएन मानव बन्नु पर्छ भनेर 
कहिल्यै सिकाइएन श्वमप्रेमी बन्नु पर्छ भनेर
कहिल्यै सिकाइएन समाजबादी बन्नु पर्छ भनेर 

कहिल्यै सिकाईएन परिश्वम यस्तो हुन्छ भनेर ,
अब मेरो एउटै प्रश्न
तपाईंले सोचे जस्तो मान्छे कसरी बन्ने?

✍️मनिषा बिष्ट

ब्यास गाउँपालिका, दार्चुला

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?