दार्चुला : निजाङ्ग खोलामा गएराती आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ ।

बाढीले श्रीबगड स्थित खोला किनारका थप ३ पसल र १ घर बगाएको स्थानीय लोकेन्द्र बहादुर बमले जानकारी दिनुभयो । स्थानीय दिपक बहादुर बमको घर तथा सुन्दर बहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको उहाले बताउनुभयो । खोलामा आएको बाढीले घर बगाएपछि उक्त घरका नागरिक राती नै सुरक्षित स्थानमा सारिएको छ भने श्रीबगडका अन्य घरहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।

यसैबिच लगातार भइरहेको वर्षाले महाकाली नदिमा पानीको बहाव बढेर भारत तर्फको तपोवन क्षेत्रमा रहेको एनएचपिसी डुवानमा परेको छ । निजाङ्ग खोलामा आएको बाढीले केहि बेर महाकाली थुनिएपछि एनएचपिसी डुवानमा परेको भारतिय सुरक्षा स्रोतले जनाएको छ । एनएचपिसी डुवानमा परेपछि केहि कर्मचारी भित्रै फसेको तथा उनिहरुको सकुशल उद्धार गरेको बुझिएको छ ।

महाकालीमा पानीको बहाव बढेपछि नदि किनारमा नजान टतिय क्षेत्रका नागरिकलाई महाकाली नगरपालिकाले आग्रह गरेको छ । बाढीले पुर्याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न घटनास्थलमा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?