दार्चुला । मालिकार्जुन सामुदायिक संस्थाद्धारा लेकम गाउँपालिका वडा नम्बर ५ चौपाता (चन्नौला) बाट सञ्चालित लोकदर्पण मिडिया परिवारले स्थानीय (डोटेली) भाषामा पृथक शैलीका साथ अडियो, भिडियो समाचार शुरु गरेको छ । भदौ २० गते आइतबारदेखि रेडियो लोकदर्पणको पार्टनर मिडिया लोकदर्पण टिभी युट्युब च्यानल र लोकदर्पण टिभी डटकम (www.lokdarpantv.com) अनलाइन पोर्टलबाट स्थानीय भाषामा भिडियो समाचार (आजका रैबार) शुरु गरिएको रेडियो लोकदर्पणका स्टेशन म्यानेजर लोकेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । सहयोग र हौसलाका लागि हाम्रा भिडियोहरुमा लाइक, कमेन्ट, सेयर र च्यानललाई सस्बक्राइब गरेर सहयोग गरिदिन अनुरोध गरेका छौँ, उहाँले भन्नुभयो, पाठक, स्रोता र दर्शकहरुको सुझाबका आधारमा अगामी दिनहरुका सामाग्री उत्पादन, प्रकाशन तथा प्रसारण गर्नेछौँ ।

रेडियो लोकदर्पण ९४.६ मेगाहर्जका साथै लोकदर्पण टिभी डटकम अनलाइन पोर्टल, लोकदर्पण डायरी पत्रिका र लोकदर्पण टिभी युट्युब च्यानल सञ्चालन गरिरहेको मिडियो हाउसले नयाँ सोच र शैलीका साथ आफ्ना शिक्षा, सूचना, समाचार र मनोरञ्जनात्मक सामाग्रीहरु उत्पादन प्रकाशन तथा प्रसारण गर्दै आएको कार्यक्रम प्रमुख नरेन्द्रप्रसाद जोशीले बताउनुभयो । अगामी दिनमा समाचार, कार्यक्रम र अन्य सूचनात्मक सामाग्रीहरु थप परिस्कृत गर्दै लैजानका लागि रचनात्मक सल्लाह, सुझाब दिन समेत सम्पूर्ण स्रोता, दर्शक र पाठकजनमा लोकदर्पण मिडियाले अनुरोध गरेको छ । समयको आवश्यकतालाई मध्यनजर गर्दै रेडियो सुन्न, अनलाइन पत्रिका पढ्न र युट्युव हेर्नका लागि उपयोगि होस भन्ने उद्धेश्यले लोकदर्पण भिडियाले विभिन्न चुनौती र विकटताका बिच समेत मल्टिमिडियामा जोड दिइरहेको उहाँको भनाई छ ।

लोकदर्पण मिडियाले स्थानीय भाषामा शुरु गरेको समाचार (रैबार) हेर्नका लागि यहाँ क्लिक गर्नुहोस:-

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?