दार्चुला । अपिहिमाल गाउँपालिकामा नेकपा एमालेको अधिवेसन सम्पन्न भएको छ । गाउँपालिका कमिटी अध्यक्ष पोखरसिंह रोकायको अध्यक्षता एबं नेकपा एमाले सुदूरपश्चिम प्रदेश सहइन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा अधिवेसनको उद्घाटन सत्र सम्पन्न भएको हो । अधिवेसनबाट पोखरसिह रोकायको अध्यक्षतामा भरतसिह धामी उपाध्यक्ष, चन्द्रसिह धामी सचिव, बिन्दा कार्की र डम्बरसिह बोहरा उपसचिव रहनेगरी गाउँपालिका कमिटी चयन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य जनक ठेकरेले जानकारी दिनुभयो ।

अधिवेसनको क्रममा नेपाली कांग्रेश, नेकपा माओबादी लगायत विभिन्न पार्टी परित्याग गरी ९७ जना कार्यकर्ताले नेकपा एमालेमा प्रवेश गरेको ठेकरेले बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, जिल्ला कमिटी सचिवालय सदस्य धर्मानन्द मन्याल, शेरसिह धामी, लालबहादुर बिश्वकर्मा लगायतको आथित्यतामा सञ्चालित कार्यक्रममा एमालेका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको उल्लेख्य सहभागिता रहेको उहाँले बताउनुभयो ।

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

यसअधि दार्चुलाका ६१ मध्ये ६० वडा र नौँ वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा नेतृत्व चयन गर्दै अधिवेसन सम्पन्न भएको छ । व्यास गाउँपालिका वडा नम्बर १ को अधिवेसन स्थानीयहरुको खलंगा र व्यासमा दोहोरो बसाइका कारण हुन नसकेको एमालेले जनाएको छ । महाकाली, दुहुँ, व्यास, नौगाड र मार्मा गाउँपालिकाको अधिवेसन सम्पन्न भइसकेको छ । शैल्यशिखर नगरपालिकामा कात्तिक १७ गते, लेकम गाउँपालिकामा १८ गते र मालिकार्जुन गाउँपालिकामा १९ गते अधिवेसन गर्ने कार्यतालिका रहेको एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो ।

एमालेको वडा र पालिका अधिवेनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहेका छन । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ । जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार: दार्चुलाका ६० वडा र पाँच पालिकामा एमालेको नेतृत्व चयन गर्दै अधिवेनशन सम्पन्न (नामावलीसहित)

सायद एक वा थप मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, उभिएको तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?