दार्चुला । सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।
सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको रातोपाटीलाई जानकारी दिनुभयो। घाइतेहरुको उद्दार कार्य जारी रहेको उहाँले बताउनुभयो । घटनाबारे थप विवरण आउँन बाँकी छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




