दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा जिप दुर्घटना भएको छ । लेकम गाउँपालिका वडा नम्बर ६ को मेल्लाउँ सिमार (जुग्यापननी) भन्ने ठाउँमा जिप दुर्घटना हुदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जनाएको छ ।
घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका बस्ने ७० वर्षकी मध्या नाथ र कञ्चनपुरको बेतकोट नगरपालिका वडा नम्बर ८ बस्ने ७५ बर्षीया पुण्यादेवी नाथ घाइते भएकको बताइएको छ । सोमवार बिहान साढे १० बजे दार्चुलाको गोकुलेश्वर बाट रिठाचौपाता आउदै गरेको से १ ज ५८३ नम्बरको जिप दुर्घटना भएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




