दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित लटिनाथ नमुना माद्यमिक विद्यालय चन्दनपुर चौपातामा नव आगन्तुक विद्यार्थीलाइ स्वागत गरिएको छ । सोमवार एक अनौपचारीक कार्यक्रमका बिच विद्यालयका सह–प्राचार्य महेशराज जोशीले अविर टिका लगाउदै विद्यार्थीलाई स्वागत गर्नु भएको हो ।
सुदूरपश्चिम प्रदेशमा प्राविधिक शिक्षाको केन्द्रका रूपमा स्थापित मावि चौपातामा बिगत एक दशक देखि प्राविधिक शिक्षा अध्ययनको क्रममा टाढाटाढा बाट विध्यार्थीहरु आउने गर्दछन । यो विद्यालयमा कृषि बालि विज्ञान, पशु विज्ञान, बन विज्ञान, ओभरसियर लगायत ६ वटा प्रि–डिप्लोमा र डिप्लोमा तहका प्राविधिक विधामा पढाइ हुँदै आएको छ । दार्चुलासहित विभिन्न जिल्लाबाट मावि चौपातामा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा विध्यार्थी अभिभावक, शिक्षकले स्वागत मन्तब्य राखेको मावि चौपातामा अध्यनरत प्रशिक्षार्थी चन्द्रावती ठगुन्नाले जानकारी दिनुभयो । स्वागत कार्यक्रममा बोल्दै विद्यालयका सह–प्राचार्य जोशीले अनुशासन र लगनशिलताले विद्यार्थीलाइ सफल बनाउने बताउदै नव आगन्तुक विद्यार्थीको उज्जवल भविश्यको कामना गर्नुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




