दार्चुला । अन्तरिक्षमा बिहे गर्ने आम सपना पनि अब यथार्थमा परिणत हुँदैछ। भविष्यमा स्पेस बेलुनमा बसेर जमिनभन्दा एक लाख फिट उचाइमा अन्तरिक्ष क्षेत्रमा बसेर जोडीहरूले बिहे गर्न पाउने छन्।
अमेरिकाको फ्लोरिडामा रहेको स्पेस पर्सपेक्टिभ नामक कम्पनीले सो विशेष खालको अन्तरिक्ष बेलुन तयार गरेको हो। उक्त बेलुनको आकार एउटा फुटबल रङ्गशाला जत्रो रहेको छ। अन्तरिक्षमा बेलुनमा उडेर बिहे गर्ने चाहना सबैको हुन सक्दछ। तर यो चाहेर पनि सबैका लागि सम्भव हुनेछैन किनभने अन्तरिक्षमा गएर बिहे गर्नका लागि डेढ करोड नेपाली रुपैया भुक्तान गर्नुपर्नेछ। अन्तरिक्षमा गएर बिहे गर्ने यो कार्यक्रम सुरु हुन सन् २०२४ सम्म पर्खिनु पर्नेछ।
कम्पनीका अनुसार केही मानिसले अन्तरिक्षमा बिहे गर्ने उक्त यात्राका लागि बुकिङ गरिसकेका छन्। उक्त बेलुनमा एक पटकमा आठ जना मानिसले यात्रा गर्न सक्नेछन्। यो यात्रा छ घन्टाको हुनेछ। एजेन्सी
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




