दार्चुला । सोमबार बेलुकीदेखि अवरुद्ध टेलिफोन सेवा मंगलबार दिउँसोपछि सुचारु भएको छ । बैतडी र डडेल्धुराको सीमाना नजिक अनारखोली क्षेत्रमा सोमबार साझँ फाइबर लाइन चुडिएपछि १८ घण्टा बढी सञ्चार सेवा अवरुद्ध भएको र मर्मतपछि सुचारु गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण गुरुङले जानकारी दिनुभयो ।

फाइबर लाईन चुडिएको र पावरको समेत समस्या देखिएकोले सञ्चार सेवामा समस्या आएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । सोमबार बेलुकीदेखि दार्चुला र बैतडीमा सञ्चार अवरुद्ध भएको थियो ।

सेवाग्राहीहरुले सञ्चारसम्पर्क विच्छेद हुनुपरेको गुनासो गरेका थिए । लाइन मर्मत गरिएपछि जिल्लाको सञ्चार सेवा सुचारु भइसकेको छ । बेलाबेला सञ्चार सेवा अवरुद्ध हुने गरेका कारण सेवाग्राही हैरान बनेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?