दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा संघीयतापछि विकास निर्माणका महत्तपूर्ण कामहरु भएको गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभएको छ । सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विभिन्न क्षेत्रमा उल्लेखनिय कामहरु भएको अध्यक्ष जोशीको भनाई छ ।

आफ्नो कार्यकालमा भएका प्रमुख कामहरु सार्वजनिक गर्दै अध्यक्ष जोशीले पछिल्लो पाँच बर्षमा लेकमका सबै वडामा सडक निर्माण गर्दै गाउँपालिकाकै बजेटमा ७० किलोमटर सडकको ट्र्याक खुलाउने काम भएको बताउनुभयो । गाउँपालिकाको केन्द्र रातामाटामा गोकुलेश्वर र खलंगाबाट सडकको पहुँच पुर्याइएको, अधिकांश गाउँमा सडक तथा कृषि सडक विस्तार गरेर गोकुलेश्वर लाली र ऐरीछाना धनथला सडक कालोपत्रेसहित स्तरोन्नती गर्ने योजना तथा निरन्तर पहल गरिरहेको र सडक नपुगेको बस्तीहरुमा दुई बर्षभित्र सडक विस्तार गरिसक्ने र स्तरोन्नती गर्दै लैजाने योजना रहेको अध्यक्ष जोशीको भनाई छ ।

उज्यालो लेकम, समृद्ध लेकम अभियान अन्तरगत विद्युत विस्तारमा तिब्रता दिइएको उहाँको भनाई छ । ५० प्रतिषत घरमा बिजुली बाल्न सफल भएको बताउदै उहाँले अबको एक बर्ष भित्रमा लेकमका प्रतेक घरधुरीमा विद्युतिकरण गरिसक्ने गरी निर्माण कार्य जारी रहेको जानकारी दिनुभयो । बैकल्पीक र नविकरणिय उर्जाका लागि गाउँपालिकाको पहलमा कार्यक्रम लागु भइरहेको अध्यक्ष जोशीले बताउनुभयो ।
आर्थिक बर्ष २०७६÷०७७ सालदेखि गाउँपालिकाभित्रका टुहुरा बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको । विद्यालय कर्मचारी र महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको । निजि स्रोतका शिक्षकको तलब गाउँपालिकाबाटै व्यवस्थापन गरिएको । छ वटै वडाका विभिन्न विद्यालयमा भवन, ल्याब, शौचालय निर्माण लगायत भौतिक पुर्वाधार निर्माण गरिएको । विभिन्न विद्यालयमा प्राविधिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापन भएको उहाँको भनाई छ ।

एमाले पोलिटब्युरो सदस्य एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको विशेष पहलमा चमेलिया कुणी कुसकाडा बृहत लिप्ट खानेपानी आयोजना निर्माणाधिन, रातामाटा र कुसकाडामा लिप्ट खानेपानी योजना सम्पन्न, जेपलपते लिप्ट खानेपानी स्वीकृत गरी डिपिआर भइसकेको, रतौडा लिप्ट खानेपानी सर्भे । विभिन्न बस्तीका लागि खानेपानी योजना सम्पन्न । आरभीडब्लुआरएमपीको सहकार्यमा लालीमा खानेपानी योजना लागु गरी अधिकतम घरधुरीमा खानेपानी समस्या समाधान । लेकमका विभिन्न सुख्खाग्रस्त क्षेत्रमा खानेपानी योजना निर्माण र कतिपय बस्तीमा निर्माणाधिन र बाँकी बस्तीका लागि पहल भइरहेको अध्यक्ष जोशीले बताउनुभयो ।

लेकमका चार वटा वडा कार्यालय भवन निर्माण सम्पन्न गरी सञ्चालन, दुई वडा कार्यालयमा पुरानै भवनलाई व्यवस्थापन र रातामाटामा गाउँपालिका भवनको निर्माण सम्झौता गरेर काम सुरु हुने क्रममा रहेको उहाँले बताउनुभयो ।

एमाले नेतृत्वको सरकारको योजना अनुसार लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा १० शैय्याको अस्पताल निर्माणाधिन, गाउँपालिकाको केन्द्रमा कोभिड अस्पताल सञ्चालन र नागरिक आरोग्यता केन्द्र स्थापना गरि सेवा सञ्चालन गर्न महत्तपूर्ण योगदान साथै गाउँपालिकाका चार वटै स्वास्थ्य संस्थाबाट ल्याब र अल्टासाउण्ड सेवा सञ्चालन । दुई वटा वडामा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर सेवा सञ्चालन गरिएको अध्यक्ष जोशीको भनाई छ ।

लामाइजर उकुमा पुल, साजिगाड झोलुगें पुल निर्माण सम्पन्न, ओडिगाउँ लेक, रिठेगाड, बमनेत, तातोपानी गणेत, दानुगाड, बंगाबगर लगायत स्थानमा झोलुगें पुल डिपिआर भइ निर्माणको तयारी हुँदै । लेकमभित्र आवश्यक बाँकी रहेका विभिन्न ठाउँमा पुलको सर्भे र डिपिआर कार्यका लागि पहल भइरहेको उहाँको भनाई छ । नेपाल–भारत जोड्ने लाली झोलुगें पुलको एमाले सरकारकै तुइन तथा ट्युब विस्थापन कार्यक्रम अन्तरगत निर्माण र गाउँपालिकाबाट व्यवस्थापन गरिएको । लालीमा सशस्त्रको बिओपी स्थापना र बाटो निर्माण, महाकाली तटबन्ध लालीमा राडमदेखि रतौडासम्म काम भइरहेको र बाँकी कामका लागि पहल भइरहेको अध्यक्ष जोशीले बताउनुभयो ।

लेकमको सञ्चार समस्या समाधानका लागि कैनोडा तितेकाडा टावरमा विद्युतिकरणको काम अन्तिम चरणमा, उचाकोटमा नयाँ टावर स्थापना भइ सञ्चालनमा आएको, वडा नम्बर ३ मा नयाँ टावर स्थापनाका लागि प्रकृया अन्तिम चरणमा रहेको, गाउँपालिकाको सञ्चार समस्या समाधानका लागि निरन्तर पहल गरेको अध्यक्ष जोशीको भनाई छ ।

लेकमको सिरोडा ठूलीखालीमा विद्युत शवस्टेशन निर्माणका लागि प्रकृया अन्तिम चरणमा रहेको । विद्युत सवस्टेशन निर्माण र बाँकी घरधुरीमा विद्युतिकरणमा जोड दिइएको उहाँको भनाई छ । अन्य विभिन्न भौतिक, आर्थिक, सामाजिक विकास र स्वरोजगारी सिर्जनाका योजना, कार्यक्रमहरु सञ्चालन गरिएको बताउदै उहाँले कतिपय योजना निर्माणसम्पन्न भइसकेको र कतिपय निर्माणाधिन अवस्थामा रहेको जानकारी दिनुभयो ।

समृद्ध लेकमका लागि अधिकासं नीति तथा कार्यक्रम तयार गरेर बजेट विनियोजनका लागि प्रयास गरेपनि गाउँसभा र गाउँकार्यपालिकामा बहुमत नहुँदा सोचे अनुरुप काम गर्न नसकेको, स्वरोजगारी सिर्जना जस्ता कार्यक्रम ओझेलमा पारिएको, एमाले अध्यक्ष केपी सर्मा ओली नेतृत्वको सरकारले गोकुलेश्वर–लाली सडकलाई कालोपत्रेसहित स्तरोन्नती गर्न कार्यक्रम सुरु गरेपनि कांग्रेश नेतृत्व सरकारमा आएपछि सम्झौता भइसकेको पालिका केन्द्र जोड्ने पक्की सडक निर्माण कार्यक्रम हटाएर जनतालाई यातायात सुविधाबाट बञ्चित गराउने कुचेष्टा गरिएको । मदिरा नियन्त्रण लगायत कतिपय समाज सुधारका कामहरु गर्नमा जनप्रतिनिधिबाटै असहयोग भएको अध्यक्ष जोशीले बताउनुभयो ।

लेकम गाउँपालिकामा एमालेको तर्फबाट आसन्न स्थानीय तह निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार समेत रहनुभएका अध्यक्ष जोशीले स्थानीय तह निर्वाचनपछि बहुमतको सरकार सञ्चालन गरेर समृद्ध लेकमको सपना सकार पार्न निरन्तर काम गर्ने प्रतिवद्धतासहित सुर्य चिन्हमा अमूल्य मतदान गरि एमालेका सबै उम्मेदवारलाइ विजयी गराउन सबैमा अपिल गर्नुभएको छ ।

लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीको संक्षिप्त बायोडाटा र अध्यक्ष जोशीले आफ्नो कार्यकालमा भए /गरेका प्रमुख कामहरु सार्वजनिक गरेको पत्र हेर्नुहोस

No description available.

No description available.

 

No description available.

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?