दार्चुला । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट अवैध सुनसहित बैतडीका एक जना पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ का ३४ वर्षीय दीपक भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट अवैध सुनसहित पक्राउ परेका हुन्। हिजो (आइतबार) साँझ करिब ८१ ग्राम तौलको सुनको ब्रासलेटसहित भण्डारीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

कतार एयरवेयजको उडानद्वारा काठमाडौँ आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त ब्रासलेट लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?