पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपन्यास ‘अपराजिता’ लोकार्पण

दार्चुला । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास अपराजिता लोकार्पण भएको छ।

शुक्रवार काठमाडौंमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित उपन्यास अपराजिताको लोकार्पण गरेकी हुन्। पुस्तक लोकार्पण गर्दै उहाँले लेखकले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वको समयमा त्यहाँका जनताले भोग्नुपरेको दुःख र पीडाका कथाको मार्मिक चित्रण गरेको बताउनुभयो ।

उहाँले उपन्यासका पात्रहरूको माध्यमबाट लेखकले क्रान्तिको नाममा गरिने निर्दोषको हत्या र हिंसाको विपक्षमा आफ्नो मत प्रकट गरेको उल्लेख गर्नुभयो ।
त्यस्तै पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट सिंगो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई चन्दले सशक्त रूपमा प्रस्तुत गरेको उहाँको भनाइ छ।

पूर्वराष्ट्रपति भण्डारीले ८० वर्ष नाघिसकेका चन्दको यस प्रकारको सक्रियताबाट नयाँ पुस्ताले पनि सिक्नुपर्ने बताउनुभयो ।

लोकार्पण समारोहमा संक्षिप्त मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री तथा पुस्तकका लेखक चन्दले आफ्नो एउटा उपन्यास लेख्ने धोको भए पनि विगतमा समय अभावका कारण कथामै टुंग्याएको बताउनुभयो। उहाँले उपन्यासको रूपमा प्रकाशित गर्न पाउँदा आफुलाई सन्तोष लागेको पनि बताउनुभयो ।

उपन्यास अपराजिता सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको हो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?