दार्चुला । प्रधानमन्त्री कप महिला टी-२० कपको उपाधि एपीएफ जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार सम्पन्न खेलमा कोशीलाई ११ रनले हराएर एपीएफ च्याम्पियन बनेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनायो ।
यो प्रतियोगितामा एपीएफले कोशी प्रदेशमाथि तेस्रो पटक जित निकालेको हो। यसअघि लिग चरणमा एपीएफले कोशीलाई ८ विकेटले र क्वालिफायरमा ५२ रनले हराएको थियो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया